रोमानियामा मेसिनमा च्यापिएर नेपाली युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा म्याग्दीको रघुगंगा गाउँपालिकाका ३३ वर्षीय देवेन्द्र पुन छन्। उनी वैदेशिक रोजगारीका लागि ४ महिना अघि मात्र रोमानिया गएका थिए।
म्याग्दी प्रवासी नेपाली संघ (मोना) रोमानियाका अनुसार पुनको बुधबार तिमिश्वारा सहर नजिक भिजिडियास्थित बनेट मेलोन एग्रिकल्चर कम्पनीमा मेसिनले खेतमा आलु खन्ने क्रममा मेसिनको वेल्टमा परी च्यापिएर मृत्यु भएको हो ।