ओलीलाई चुनाव प्रचार गर्न हेलिकप्टर चढ्ने अनुमति

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ६ : १३


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चुनाव प्रचारका लागि हेलिकप्टरको प्रयोग गर्न अनुमति पाएका छन्।

निर्वाचन आयोगले बुधबार अध्यक्ष ओलीलाई हेलिकोप्टर चढ्नका लागि सहमति दिएको हो।

आयोगमा वुधबार निवेदन आएपछि पार्टीको खर्चमा हेलिकोप्टर चढ्न सहमति दिइएको आयोगले जनाएको।

एमालेले अनुमतिका लागि आयोगमा पेस गरेको निवेदनमा अध्यक्ष ओलीसँगै अर्को एक जना पनि आवश्यकताका आधारमा रहने भनिएको आयोग स्रोतले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्