जापानी राजदूतलाई चुनावको अवलोकन गर्न निम्तो

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ४ : ००


नेपालका लागि जापानका राजदूत निर्वाचन आयोग पुगेका छन।

राजदूत युताका किकुता प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग शिष्टाचार भेट गर्न कान्तिपथस्थित आयोग गएका हुन।

भेटमा उनीहरुबीच दुई देशबीचको निर्वाचन प्रणाली र निर्वाचन सम्बन्धी अनुभव आदानप्रदान र सहकार्य बारेमा छलफल भएको जानकारी दिइएको छ ।

प्रमुख निर्वाचन आयुक्तले आगामी निर्वाचनको अवलोकन गर्न राजदूत किकुतालाई आमन्त्रण गरेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्