डेंगु संक्रमणबाट पत्रकार अधिकारीको मृत्यु

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  २ : ४५


काठमाडौं । डेंगी संक्रमणबाट लमजुङमा एक पत्रकारको निधन भएको छ।

२३ वर्षीया पत्रकार चाँदनी अधिकारी को निधन भएको हो। उनी लमजुङस्थित रेडियो भोटेवडारको समाचार शाखामा काम गर्थिन्।

बेशीसहरको मोडल अस्पतालमा उपचार गराइरहेकी उनलाई मंगलबार थप उपचारका लागि चितवनको मेडिकल कलेज लगिएको थियो।

उनको आज बिहान ६:३० बजे उनको निधन भएको अस्पताललाई उद्धृत गर्दै नेपाल पत्रकार महासंघ लमजुङ शाखाले शोक विज्ञप्ति निकालेर जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस्