सिप्रदीको टाटा प्रोटेक्टमा थपियो फिचर, ग्राहकलाई कस्ता छन् सुविधा ?

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ८ : ३७


टाटा मोटर्सको आधिकारिक डिष्ट्रिब्युटर सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा प्रोटेक्टमार्फत ग्राहकलाई दिने सेवासुविधा थप गरेकोे छ ।

मंगलवार एक कार्यक्रमको आयोजना गरी टाटा प्रोटेक्ट अन्तर्गतका थप सेवा तथा सुविधाहरुको शुभारम्भ गरेको कम्पनीले जनाएको छ ।

कायैक्रममा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा टाटा गाडी बिक्री गर्नुको अतिरिक्त विकासशील आवश्यकताहरूको पहिचान गरि उत्कृष्ट बिक्रीपछिको सेवाहरू प्रदान गर्नु उद्देश्य भएको बताए ।

टाटा प्रोटेक्ट अन्तर्गतका सेवा तथा सुविधाहरुले ग्राहकलाई उत्कृष्ट सेवाको ग्यारेन्टी प्रदान गर्ने उनले बताए ।

टाटा मोटर्सका उपाध्यक्ष अनुराग मेहरोत्राले टाटा मोर्टस आफ्ना ग्राहकहरुलाई विश्वस्तरीय सेवा तथा समाधान प्रदान गर्नमा अग्रस्थानमा रहेको बताए ।

टाटा प्रोटेक्ट विश्व बजारमा लागू भएपछि टाटा मोटर्सका ग्राहकहरुको सन्तुष्टिको स्तरमा वृद्धि भएको उनको भनाइ छ ।

टाटा प्रोटेक्टका विस्तारित सेवा तथा सुविधाहरूले गाडीको अपटाइम उच्च राख्ने, ग्रहकहरूको नाफामा समेत वृद्धि हुने बताए ।

टाटा प्रोटेक्ट अन्तर्गत मास्टर केयर प्लस, टाटा जेन्यूइन पार्टस्, एक्सप्रेस सर्भिस, टाटा जिप्पि, कस्टमर हेल्पलाइन, टाटा सिल्ड, टाटा अलर्ट तथा वी केयेर गरी आठ प्रकारका सेवा तथा सुविधाहरु समावेश रहेका छन् ।

उक्त सेवा तथा सुविधाहरु सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरहरुबाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।

मास्टर केयेर प्लस अन्तर्गत फ्लिट म्यानेजमेन्ट सोलुसन, एएमसी सेवा रहेका छन् । जसमा ग्राहकहरुको गाडीको सम्पूर्ण सर्भिस तथा मर्मत कार्यको जिम्मा कम्पनीले लिने बताइएको छ ।

टाटा जेन्यूइन पर्टस् अन्तर्गत सिप्रदी वर्कशपमा फेरिएका स्पेयर पार्टस्हरुमा ६ महिना वा ५० हजार किमीसम्मको वारेन्टी सुविधा रहेको कम्पनीले जनाएको छ ।

एक्सप्रेस सेवा अन्तर्गत ४ घण्टामा गाडीको सर्भिस कार्य सकिने ग्यारेन्टी प्रदान गर्दछ, नभएमा क्षतिपूर्तीको व्यवस्था कम्पनीले गर्ने बताइएको छ ।

टाटा जिप्पि अन्तर्गत ४८ घण्टा भित्र गाडीको मर्मत हुन्छ, नभएमा क्षतिपूर्तिको व्यवस्था रहेको कम्पनीको भनाइ छ ।

ग्राहकहरुको सेवाको लागि २४ घन्टा नै कस्टमर हेल्पलाइनको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

यसमा आएका गुनासाहरू ४८ घण्टाभित्र समाधान गरिने कम्पनीको भनाइ छ ।

टाटा सिल्ड अन्तर्गत एक्सिडेन्टल गाडीहरु ६० दिनमा तयार कम्पनीले जनाएको छ ।

साथमा नगद रहित बीमा दाबी सुविधाहरु पनि रहेको छ ।

टाटा अलर्ट अन्तर्गत कम्पनीले तोकेका हाईवे करिडोरहरुमा गाडी ब्रेकडाउन भएको खण्डमा ६ घण्टा भित्र त्यस स्थानमा पुग्ने र ४८ घण्टा भित्र गाडी तयार पारिदिने ग्यारेन्टी दिइने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्