स्वेता खड्कालाई पुत्रीलाभ 

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ७ : ५२


काठमाडौं । नायिका स्वेता खड्का आमा बनेकी छन्। उनले आज छोरीलाई जन्म दिएकी हुन्।

मंगलवार दिउँसो उनले काठमाडौंको ग्रान्डी सिटी अस्पतालमा पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन्।

पारिवारिक स्रोतका अनुसार सर्जरीको माध्यमबाट श्वेताले छोरीलाई जन्म दिएकी हुन्।

आमा र बच्चाको स्वास्थ्य राम्रो छ। श्वेता बच्चाको साथमा केही दिनमा डिस्चार्ज हुने बताइएको छ।

केही दिनअघिमात्र श्वेताले श्रीमान विजयेन्द्र र परिवारको साथमा बेबी सावर मनाएकी थिइन्।

श्वेताले २ बर्ष अघि धनगढीका  प्रेमी विजयेन्द्रसिंह राउतसँग दोस्रो विवाह गरेकी हुन्।


प्रतिक्रिया दिनुहोस्