डा.तोसिमाको उम्मेदवारी रद्द गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ६ : ४६


काठमाडौं । सर्वोच्च अदालतले डा.तोसिमाको उम्मेदवारी रद्द गर्ने निर्वाचन आयोगको निर्णयमा रोक लगाउदै अन्तिम फैसला नहुदासम्मका लागि अन्तरिम आदेश दिएको छ।

नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकाले उनले लाभको पद लिएको र त्यस्तो व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने भन्दै निर्वाचन आयोगले कार्की उम्मेदवारी खारेज गरेको थियो ।

त्यसविरुद्ध सर्वोच्च पुगेकी कार्कीको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको इजलासले उम्मेदवारी कायम गर्न निर्वाचन आयोगले अन्तरिम आदेश दिएको हो । कार्कीको नेपाल स्वतन्त्र पार्टीबाट ललितपुर ३ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी थिइन् ।

 


प्रतिक्रिया दिनुहोस्