बेडरुमको भिडियो लिक भएपछि विराट र अनुष्का आक्रोशित (भिडियोसहित)

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ७ : ५४


मुम्बई । भारतीय सेलिब्रेटी क्रिकेर क्रिकेटर विराट कोहली यतिखेर अष्ट्रेलियामा छन्।

टी २० विश्वकप खेल्न उनी पत्नी अनुष्का शर्मासहित अष्ट्रेलिया गएका हुन।

अष्ट्रेलियामा होटलमा बसेका कोहली दम्पत्तिको ‘बेडरुम’को भिडियो यतिबेला सामाजिक सञ्जालमा भइरल बनेको छ।

होटलका एक स्टाफले उनको कोठाको भिडियो खिचेर सामाजिक सञ्जालमा हालेको बताइएको छ। यसबारे होटलले माफी मागिसकेको छ।

होटलले माफी मागे पनि विराट र अनुष्काले यस किसिमको व्यवहार सैह्य नहुने भन्दै आपत्ति जनाएका छन्। आफूहरुको गोपनियता भंग भएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन।

विराट पत्नी अनुष्काले आफ्नो इन्स्टाग्राम स्टोरीमा भिडिओको स्क्रीनशट सेयर गर्दै लेखेकी छन्, ‘केही घटनाहरू अनुभव गरेकी छु। यो भिडिओले केही नराम्रो कुरा देखाएको छैन तर यो वास्तमै सबैभन्दा नराम्रो कुरा हो। एक मानव जातिको पूर्ण अपमान र उल्लङ्घन हो। जसले सेलिब्रेटी हो त्यसैले यस्तो कुरा भइरहन्छ भनेर सोच्नुहुन्छ भने तपाईंहरू पनि समस्यामा पर्न सक्नुहुन्छ। यदि यो तपाईंको कोठामा भइरहेको छ भने के गर्नुहुन्छरु यस्ता कुरा रोक्नको लागि आत्म-नियन्त्रण अभ्यासले सहयोग गर्छ,’। यस्तै विराटले पनि आफ्नो गोपनीयतामाथि हस्तक्षेप भएको भन्दै आक्रोश पोखेका छन्।

के छ भिडियोमा तल हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्