सन्दीप र किशोरीबीच भेट गराईदिने क्रिकेटरको बयान यस्तो छ

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ५ : ४५


काठमाडौं । नेपाल प्रहरीले अनुसन्धानका क्रममा क्रिकेटर सन्दीप लामिछाने र नाबालिग किशोरीबीच भेटवार्ता गराईदिने युवकसँग पनि बयान लिएको छ।

क्रिकेटर देव खनाल आफूसँग स्न्याप च्याट मार्फत पीडित भनिएकी युवतीसँग परिचय भएको बताएका छन्। के छ उनको बयानमा? तल हेर्नुहोस्

”म आज भन्दा करिब ८/९ महिना पहिलेबाट राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता खेल खेल्दै जाने क्रममा सन्दिप लामिछानेसँग चिनजान भएको थियो । हामी प्राय एउटै टिममा रही क्रिकेट खेल्ने गरेका थियौ । त्यस्तै आज भन्दा करिब ३र४ महिना पहिले सोसियल मिडिया स्न्याप च्याट मार्फत पीडित भनिएकी युवतीसँग परिचय भई हामी बिचमा कुराकानी भईरहन्थ्यो । कुराकानीको क्रममा निजले तपाई राम्रो खेल खेल्नु हुने रहेछ, म तपाईको फ्यान हुँ, तपाईको खेल मलाई साह्रै मन पर्छ, तपाईको गेम कस्तो हुदै छ भन्ने जस्ता म्यासेज स्न्याप च्याटमा पठाईरहने र निजसगँ खेल सम्बन्धी कुराकानी भईरहने भएकोले निजलाई मैले सोसियल मिडिया मार्फत चिनेको हुँ तर निजलाई हाल सम्म प्रत्यक्ष रुपमा देखेको छैन, फोटोमा मात्र देखेको छु। केन्यामा हुन गईरहेको अन्तराष्ट्रियस्तरको क्रिकेट खेल खेल्नको लागी हामी खेलाडीहरुको मिति २०७९।०५।०६ गते फ्लाइट रहेको हुँदा त्यसको करिब १५ दिन अगाडी देखी नेपाल राष्ट्रिय क्रिकेटका कप्तान सन्दिप लामिछाने लगायतका खेलाडीहरु हायात प्यालेसमा खडा गरेको क्याम्पमा बस्दै आएको र क्यानले विभिन्न तालिम र प्रशिक्षण दिदै आएको थियो। यस्तैमा यकिन मिति याद भएन, हामी हायत प्यालेसमा रहेको समयमा निज सन्दिप लामिछानेले गितार बजाउँदै, गित गाएको भिडियो मैले मेरो स्न्याप च्याट मार्फत सन्दिप लामिछाने समेतलाई ट्याग गरी स्न्याप च्याटमा रहेका मेरा २०र२५ जना साथीहरुलाई सेन्ट गरेको थिएँ । उक्त भिडियो पिडित भनिएकी युवतीलाई समेत गएको थियो । त्यसको करिब चार पाँच दिनपछि मिति २०७९।०५।०६ गते बिहान सन्दिप लामिछाने लगायतका हामी खेलाडीहरु अन्तराष्ट्रिय स्तरको खेल खेल्नको लागी केन्या गएका थियौ । उक्त दिन बिहान पीडितभनिएकी युवतीले मेरो स्न्याप च्याटमा सन्दिप लामिछानेको गाडीको सेतो रङ्को गाडीको पछाडी भागको फोटो पठाएकी थिईन । म खेल खेल्नको लागी केन्या गएपश्चात खेलमा व्यस्त भएकोले पिडित भनिएकी युवतीसँग कुराकानी भएको थिएन । यस्तैमा खेल खेल्न केन्या गएको समयमा सोसियल मिडिया मार्फत ती युवतीले सन्दिप लामिछानेले जबरजस्ती करणी गरेको जाहेरी दरखास्त दिएको कुरा थाहा पाएको थिएँ ।”

 


प्रतिक्रिया दिनुहोस्