कारको ठक्करबाट शिशुसहित ३ जनाको मृत्यु, कार बेपत्ता

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  २ : ४२


रुपन्देहीमा कारको ठक्करबाट एक शिशुसहित ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

भैरहवाबाट परासी तर्फ जाँदै रेको कारले ओमसतिया ४ पननीमा विहान ठक्कर दिँदा स्था एक शिशु सहित ३ जनाको मृत्यु भएको हो।

छठ घाट जाने क्रममा स्थानीयलाई भैरहवा तर्फबाट गएको गाडीले ठक्कर दिएको थियो, ठक्कर दिए पछि गाडी सहित फरार भएको चालक अझै पक्राउ हुन सकेको छैन।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक रविन्द्र रेग्मीका अनुसार मृतकहरु ओमसतिया –४ पननीकै वर्ष १४ की सिमा कुर्मी, वर्ष २८ की प्रमिला कुर्मी र ३५ दिनको एक शिशु रहेको छन।

त्यस्तै शिशुकी आमा २४ वर्षिय बन्दना कुर्मी र सोही ठाए बस्ने २६ वर्षिय मन्जु कुर्मी घाइते भएका छन। घाइतेको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर पछि फरार भएको गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्