नेपालको चर्चित फेसबुक ग्रुप एमआरआर ग्रुपलाई फेसबुकले बनायो निष्क्रिय

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ११ : ४८


काठमाडौं। फेसबुकको संचालक कम्पनी मेटाले चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर)लाई निष्क्रिय बनाएको छ।

चुनावको समयमा ‘कम्युनिटी गाइडलाइन्स भायोलेन्स’ गरेको आरोपमा मेटाले उक्त ग्रुपलाई निष्क्रिय बनाएको हो।

‘फेसबुकले हाम्रो ग्रुप एमआरआरलाई फेरि पनि कम्युनिटी गाइडलाइन्स भायलेन्स गरेको आरोपमा निष्कृय गरेको छ,’ एमआरआरकै पोस्टमा उल्लेख छ, ‘निष्कृय गरेको भने पनि कुन पोस्ट वा कमेन्टले हो भनेर देखाउनुपर्नेमा त्यसमा कुनै त्यस्तो पोस्ट छैन पनि भनिएको छ।’

यो ग्रुप सन् २०२० मा पनि कारबाहीमा परेको थियो। त्यसपछि आफूहरूले त्यस्ता विषयमा निगरानी गरिरहेको उक्त पोस्ट गर्ने एडमिनले दाबी गर्दै उल्लेख गरेका छन्।


प्रतिक्रिया दिनुहोस्