टि–ट्वान्टी विश्वकपमा न्युजिल्यान्डले श्रीलंकामाथि ६५ रनको जित निकाल्यो

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ७ : ०६


काठमाडौं। आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा न्युजिल्याण्डले सानदार जित निकालेको छ ।

शनिबार सिड्नीमा भएको खेलमा ग्लेन फिलिप्सको शतक र ट्रेन्ट बोल्टको उत्कृष्ट बलिङमा न्युजिल्यान्डले श्रीलंकामाथि ६५ रनको सानदार जित निकालेको हो।

जितको लागि १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका १९.२ ओभरमा १ सय २ रनमा अल आउट भयो । श्रीलंकाका लागि कप्तान डसुन शनकाले सर्वाधिक ३५ रन जोडे । भानुका राजपाक्षेले ३४ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

श्रीलंकालाई सस्तैमा रोक्न न्युजिल्याण्डका ट्रेन्ट बोल्टले ४ विकेट लिए । मिचेल स्टाननरले २ विकेट लिए।

त्यसअघि सिड्नी क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६७ रन बनाएको थियो । न्युजिल्यान्डका ग्लेन फिलिप्सले ६४ बलमा १० चौका र ४ छक्कासहित सर्वाधिक १ सय ४ रनको सानदार शतकीय इनिङ खेले।

श्रीलंकाका लागि कसुन राजिथाले २ विकेट लिए।

जितसँगै समूह ए मा न्युजिल्यान्ड ३ खेलमा २ मा जितसहित ५ अंकका साथ शीर्ष स्थानमा छ । श्रीलंका २ अंक जोडेर पाँचौं स्थानमा रहेको छl


प्रतिक्रिया दिनुहोस्