अमेरिकी सभामुख न्यान्सी पेलोसीका श्रीमानमाथि हिंस्रक आक्रमण

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ४ : १२


काठमाडौं। अमेरिकी तल्लो सदनका सभामुख न्यान्सी पेलोसीका ८२ वर्षीय श्रीमान्माथि हिंस्रक आक्रमण भएको छ।

क्यालिफोर्नियाको सान फ्रान्सिस्कोस्थित पेलेसी निवासमा शुक्रबार बिहानै पसेको आक्रमणकारीले पल पेलोसीलाई आक्रमण गरेर घाइते बनाएको सभामुखका सहयोगी ड्रु ह्यामिलले एक विज्ञप्ति निकालेर जनाएका छन्।

आक्रमणकारीलाई हिरासतमा लिइएको तथा आक्रमणको अनुसन्धान भइरहेको छ। अस्पताल भर्ना भएका पललाई शीघ्र स्वास्थ्य लाभ हुने अपेक्षा गरिएको ह्यामिलले बताएका छन् । घटना हुँदा सभामुख पेलोसी सान फ्रान्सिस्कोमा थिइनन्। रासस


प्रतिक्रिया दिनुहोस्