नेपालमा आज थपिए १४ जना कोरोना संक्रमित

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ४ : ५०


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२४ जनामा गरिएको नमुना परीक्षणमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २९ जना संक्रमण मुक्त भएका छन् । नेपालमा ६०५ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्