देशभर भाइटिका लगाउन सुरु

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहिबार  ११ : ४९


काठमाडौँ। नेपालीहरुको महान पर्व तिहारको अन्तिम दिन आज बिहीबार भाइटिका हो।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटिकाको उत्तम साइत आज बिहान ११ः३७ बजे भएको बताएको थियो।

यतिबेला उत्तम साइत सुरु भएसँगै नेपालभर भाइटिका लगाउन थालिएको छ। मानिसहरुले सामाजिक संजालमा भाइटिका लगाएको फोटो तथा भिडिओहरु सार्वजनिक गर्न थालेका छन्।

आजको दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाई आशीर्वादसहित दीर्घायुको कामना गर्दछन्।


प्रतिक्रिया दिनुहोस्