रुपन्देही-२ मा जनमुक्तिका केशवबहादुरलाई सघाउने गठबन्धनको निर्णय

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ४ : ४१


काठमाडौं । सत्तारुढ गठबन्धनले रुपन्देहीको क्षेत्र नं २ मा प्रतिनिधिसभाका उम्मेद्वार केशवबहादुर थापालाई साझा उम्मेद्वार बनाउने निर्णय गरेको छ।

निर्वाचन आयोगले यसअघि गठबन्धनका साझा उम्मेदार राजु गुरुङको उम्मेदवारी खारेजीको निर्णय सर्वोच्च अदालतले सदर गरिदिएपछि सत्ताधारी गठबन्धनले यस्तो निर्णय गरेको हो।

थापा राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष समेत हुन। सो क्षेत्रमा अब एमालेबाट बिष्णु पौडेल, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केशबहादुर थापा, नेपाल मजदुर किसान पार्टीका हरिसुन्दर बासी, नेपाल दलित पार्टीका राजु शाही, नेपाली कांग्रेस वीपीकी नमादेवी गौतम जैसी, मंगोल नेशनल अर्गनाइजेशनका दीपक थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल उम्मेदवार रहेका छन् ।

 


प्रतिक्रिया दिनुहोस्