अभिनेत्री प्रियंका कार्कीको घरबाट सुन चोरी

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  १ : २८


काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको घरबाट सुनचोरी भएको छ। प्रहरीका अनुसार अभिनेत्री कार्कीको घरबाट ५ तोला सुन चोरी भएको हो। यस्तै ३० हजार नदग पनि चोरी भएको छ।

ललितपुर भैंसेपाटीस्थित घरबाट हिजो राती ९ बजे उक्त चोरीको घटना भएको हो। उक्त नगद र सुन लक्ष्मीपूजा गर्न निकालिएको जनाइएको छ।

अभिनेत्री कार्कीको परिवार डिनरको लागि बाहिर गएको मौका छोपेर चोर ट्वाइलेटको झ्याल हुँदै घरभित्र छिरेको हुनसक्ने प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्