जीयासँग विवाह गर्ने योजनामा अभिनेता भुवन केसी

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ९ : ५२


काठमाडौं। कलाकारको रुपमा अत्यन्त सफल मानिने भुवन केसीको व्यक्तिगत जीवन त्यति सुखद् देखिएको छैन।

भुवनले दुईपटक विवाह गरे। उनको जेठी श्रीमतीबाट दुई सन्तान र कान्छी श्रीमतीबाट एक सन्तान अनमोल केसी छन्।

दुई विवाह टुंगिएपछि भुवन ७–८ वर्षदेखि अभिनेत्री जीया केसीसँग ‘लिभिङ रिलेसनसिप’मा छन्। दुवैले रीति–रिवाजअनुसार विवाह गरेका छैनन्।

तर अब भने भुवन जीयासँगको सम्बन्धलाई निर्णायक मोड दिने योजनामा छन्। उनले जीयासँग विवाह बन्धनमा बाँधिने तयारी गरेका हुन्।

भुभवनले हालै जीयाको नाम नलिई विवाहतर्फ संकेत गर्दै भनेका छन्, ‘हामी धेरै वर्षदेखि सँगै नै बस्दै आएका छौं। उहाँले मलाई साथ दिनु हुन्छ। उहाँले मेरो परिवारलाई सहयोग गर्नुहुन्छ र मेरो परिवारले पनि उहाँलाई सहयोग गर्दै आएको छ। अब भने त्यसलाई निर्णायक मोड दिने सोचमा छु। परिवार सकारात्मक हुनुहुन्छ । र, चाँडै हामी एउटा निर्णय लिएर अघि बढ्नेछौं।’

भुवन केसी चलचित्र विकास बोर्डका अध्यक्ष समेत हुन्।


प्रतिक्रिया दिनुहोस्