पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ६ : ०८


काठमाडौं । पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ जना पीसीआर र दुई जनाको एन्टिजेन परीक्षणबाट कोरोना सङ्क्रमण पुष्टि भएको हो । २४ घण्टामा ८८८ जनाको परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, २४ घण्टामा ४४ जना डिस्चार्ज भएका छन् । यो अवधिमा आठ सय ३४९ जनाले खोप लगाएका छन् । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६६२ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्