डेब्यू विश्वकपको पहिलो बलमै विकेट लिने ३ बलर

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ११ : ३९


एजेन्सी । विश्वकपको डेब्यूमा आफ्नो पहिलो बलमा विकेट लिनु ठूलो र अविस्मरणीय उपलब्धि मानिन्छ। ठूलो प्रतियोगितामा सबै देशका उत्कृष्ट खेलाडी खेल्छन्। विश्वकप क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता मानिन्छ। नयाँ खेलाडी खेल्दा खुसी हुनुका साथै केही नर्भस पनि हुन्छ।

यसबाहेक विश्वकपमा दिग्गज खेलाडीमा राम्रो प्रदर्शन गर्ने दबाब पनि यथावत छ। आयोजक राष्ट्रमा घरेलु दर्शकका अगाडि विश्वकप ट्रफी उचाल्ने इच्छा हुन्छ। यसरी प्रत्येकको आफ्नै सपना र योजनाहरू छन्। यी सबै बीचमा नयाँ खेलाडीले कहिले मौका पाउने भन्नेमा पनि अड्कलबाजी भइरहेको छ।

अनुभवी खेलाडी फ्लप वा घाइते भएमा मात्रै नयाँ खेलाडीले विश्वकपमा मौका पाउँछन्। ब्याट्सम्यानको तुलनामा बलरको संख्या कम भएकाले बलरमाथि दबाब बढी छ। यस्तो अवस्थामा जब कुनै खेलाडीले विश्वकपमा डेब्यू गर्छ र पहिलो बलमै विकेट लिन सफल हुन्छ भने त्यो ठूलो उपलब्धि मानिन्छ। यो प्रदर्शन खेलाडीको दिमागमा सधै ताजा रहन्छ। यसैक्रममा आज हामी विश्वकपको डेब्यूमा पहिलो बलमा विकेट लिने ३ भारतीय बलरको चर्चा गर्दैछौं।

१.प्रज्ञान ओझा : 

सन् २००९ मा बंगलादेशसँगको टी–२० विश्वकपमा प्रज्ञान ओझाले पहिलो बलमा विकेट लिएका थिए। प्रज्ञान ओझाले शकिब अल हसनलाई आउट गरे। उक्त खेलमा उनले ४ विकेट लिएका थिए। उक्त खेल भारतीय टोलीले २५ रनले जितेको थियो।

२. विजय शंकर :

विश्वकपको डेब्यू खेलको पहिलो बलमै विकेट लिने खेलाडीको सूचीमा विजय शंकरको नाम पनि आउँछ। भारतका लागि खेल्दै शंकरले २०१९ विश्वकपमा पाकिस्तानविरुद्ध यो उपलब्धि हासिल गरेका थिए।

भुवनेश्वर कुमार ह्यामस्ट्रिङको चोटले मैदान बाहिर निस्किएपछि विजय शंकर ओभर पूरा गर्न आए। उनले पाकिस्तानी ओपनर इमाम उल हकलाई पहिलो बलमा नै आउट गरेका थिए। भारतले डकवर्थ लुइस नियमअनुसार पाकिस्तानलाई ८९ रनले पराजित गरेको थियो।

३. अर्शदीप सिंह :

अर्शदीपले सन् २०२२ मा अष्ट्रेलियामा भएको टी–२० विश्वकपमा पाकिस्तानविरुद्ध मेलबर्नमा खेल्दै डेब्यू गरे। उनले विश्वकपको पहिलो बलमै विकेट पनि लिए। उनले पाकिस्तानका ओपनर तथा कप्तान बाबर आजमलाई एलबीडब्लू (लेग बिफोर) आउट गरेका थिए। खेलमा उनले ३ विकेट लिए। भारतले यो म्याच ४ विकेटले जितेको थियो।


प्रतिक्रिया दिनुहोस्