राष्ट्रपतिको उपस्थितिमा देउसीभैली

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ५ : ३४


राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा तिहार पर्व–२०७९ का अवसरमा आज देउसीभैलो कार्यक्रम गरिएको छ।

शीतल निवासस्थितमा राष्ट्रपति कार्यालयमा सांस्कृतिक संस्थाले आयोजनामा उक्त देउसीभैलो कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रममा तिहारसम्बन्धी विशेष गीत/सङ्गीत, नृत्य प्रस्तुत गरिएको थियो। राष्ट्रपति भण्डारीले सम्पूर्ण प्रस्तुति अवलोकन भएको थियो। राष्ट्रपति कार्यालयमा प्रत्येक वर्ष तिहार पर्व मनाउने गरिन्छ।


प्रतिक्रिया दिनुहोस्