आज नेपालमा थपिए ४२ जना कोरोना संक्रमित

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ५ : ३०


काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ४२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ९२१ जनाको नमुना परीक्षण गर्दा ४२ जनामा कोरोना पुष्टि भएको हो । यस अवधिमा ४३ जना नै संक्रमणमुक्त भएका छन् भने एक जनाकाे मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमणका कारण हालसम्म १२ हजार १९ जनाले ज्यान गुमाएको मन्त्रालयको तथ्यांक छ । साथै हाल नेपालमा ६९२ जना सक्रिय कोरोना संक्रमित छन् ।


प्रतिक्रिया दिनुहोस्