टि२० विश्वकपमा बंगलादेशको विजयी सुरुवात

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ३ : ०९


काठमाडौं । बंगलादेशले आइसिसी टि२० विश्वकपमा विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा नेदरल्याण्ड्सलाई ९ रनले पराजित गर्दै बंगलादेशले विजयी सुरुवात गरेको हो ।

जितको लागि १ सय ४५ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स २० ओभरमा १ सय ३५ रनमा अल आउट भयो ।

नेदरल्यान्ड्सका लागि कोलिन एक्रिनमानले ४८ बलमा ६२ रन बनाए । पल भान मिक्रमले १४ बलमा २४ रन बनाए । कप्तान एडवार्डले १६ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बंगलादेशका तस्किन अहमदले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए । हसन मोहम्मदले ४ ओभरमा १ मेडनसहित १५ रन खर्चेर २ विकेट लिए ।

यसअघि ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो ।

बंगलादेशका लागि आफिफ होसेनले ३८ रन बनाएका थिए । नजमुल होसेन शान्तोले २५ तथा मोसाडिक होसेनले अविजित २० रन बनाएका थिए । सौम्य सरकारले १४ तथा नुरुल हसनले १३ रन बनाएका थिए ।

नेदरल्यान्ड्सका लागि बास डि लिडि र पल भान मिक्रनले समान २/२ विकेट लिएका थिए । टिम प्रिनगिल, फ्रेड केलसन, शार्जिद अहमद र लोगन भान बिकले समान १/१ विकेट लिए ।


प्रतिक्रिया दिनुहोस्