बालेन र पूर्वयुवरानी हिमानी शाहबीच भेटवार्ता

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ९ : ३८


काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र पूर्वयुवरानी हिमानी शाहबीच भेटवार्ता भएको छ।

महानगरप्रमुख बालेनले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक फोटो सार्वजनिक गर्दै भेटवार्ता भएको जानकारी दिएका हुन्।

काठमाडौंमा आयोजित कतारी फुड फेस्टिबलमा उनीहरुबीच भेटवार्ता भएको हो।

बालेनले हिमानीसँगको फोटो फेसबुकमा राखेका छन्।


प्रतिक्रिया दिनुहोस्