छठसम्म निःशुल्क मोबाइल बैंकिङ फण्ड ट्रान्सफर

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  २ : ३९


काठमाडौं । तिहार र छठको अवसरमा कनेक्टआईपीएसमार्फत फण्ड ट्रान्सफर गर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ। सो अफर कार्तिक ७ देखि १३ गतेसम्म लागु हुने।

चाड पर्वको वेलामा नगदको सट्टा मोबाइलमा आधारित फण्ड ट्रान्स्फर गर्न थप प्रोत्साहन गर्न एनसीएचएल तथा बैंक वित्तीय संस्थाको समन्वयमा सो अफर लागू गरिएको हो।

फण्ड ट्रान्सफर गर्न आफ्नो मोबाइल बैंकिङ एपमा लग-इन गरी, फण्ड ट्रान्स्फर वा सेन्ड मनीमा क्लिक गरी फण्ड ट्रान्सफर गर्न कनेक्ट आईपीएसलाई छनोट गर्नुपर्ने हुन्छ।

कनेक्ट आईपीएसको फण्ड ट्रान्सफरको विकल्प ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङमा उपलब्ध छ । उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आईपीएसमा छुट्टै रजिष्टर गर्न आवश्यक छैन।

हाल मोबाइल बैकिङमा रहेको कनेक्ट आईपीएसमार्फत प्रतिदिन प्रतिकारोबार २ लाखसम्मको फण्ड ट्रान्सफर गर्न सकिन्छ ।

यस निःशुल्क फण्ड ट्रान्सफरको प्रावधानले फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका लागि मोबाइल बैंकिङको बढ्दो प्रयोगलाई थप प्रोत्साहन गर्नुका साथै चाडपर्वको समयमा नगदको प्रयोग पनि घटाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

 


प्रतिक्रिया दिनुहोस्