सुर्खेतमा देउसीभैलो बिहान ७ देखि बेलुकी ७ बजेसम्म मात्र खेल्न पाइने

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ८ : ५२


सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म मात्र देउसी भैलो सञ्चालन गर्न अनुरोध गरेको छ ।

प्रशासनले तिहारको समयमा कानुन विपरीतका अवाञ्छित गतिविधि नहुने गरी मात्रै देउसी भैलो, नाचगान गर्न आग्रह समेत गरेको छ ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले यो समयमा पटाका, आतिसबाजी जस्ता प्रज्वलनशील पदार्थको ओसार–पसार नगर्न समेत आग्रह गरे । रिजालले सूचनाको अवज्ञा गरेको खण्डमा कानुन बमोजिम कारबाही हुने समेत उल्लेख गरे ।


प्रतिक्रिया दिनुहोस्