कांग्रेस उपसभापति धनराज गुरूङ सवार गाडी दुर्घटनाग्रस्त

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ५ : २३


काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ सवार गाडी दुर्घटनामा परेको छ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका-६ इम्सिलको कार्यक्रमबाट फर्कने क्रममा गल्याङ बटुवामा आफू चढेको गाडी दुर्घटनामा परेको गुरूङले बताए।

गाडीमा सवार सबै जना सुरक्षित रहेका छन् । गुरूङ स्याङ्जा क्षेत्र नम्बर २ का उम्मेदवार हुन् ।


प्रतिक्रिया दिनुहोस्