कोठामा प्वाल पारेर होटलमा बस्न आउनेको गोप्य भिडियो खिच्ने पक्राउ

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  २ : २३


काठमाडौं । कोठामा प्वाल पारेर होटलमा बस्न आउने पाहुनाहरुको गोप्य भिडियो खिच्ने व्यक्ति पक्राउ परेका छन्।

काठमाडौंको बाँसबारी स्थित बाँसबारी रेष्ट्रो क्‍याफे एन्ड लजका म्यानेजरलाई त्यस्तो कार्य गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

गोप्य क्यामेरा प्रयोग गरेर त्यस्तो कार्य गर्ने काठमाडौं चन्‍द्रागिरि-१५ का क्याफे म्यानेजर ४२ वर्षीय मुकेश मालीलाई उजुरीपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।

प्रहरीले उनको मोबाइबाट खिचिएका भिडियो समेत बरामद गरेको छ।

मालीमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद (५) को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर’ अन्तर्गत दफा ११८ ‘अभद्र व्यवहार गर्न नहुने’ मुद्दामा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट ५ दिनको म्याद थप गरी प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस्