बिजबजारको तिहार उत्सव, ७६ प्रतिशतसम्म छुट

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ११ : १०


काठमाडौं । ई–कमर्स प्लेटफर्म बिजबजारले महान् चाड दीपावलीलाई का अवसरमा बिजाबजार भव्य उत्सव योजना ल्याएको छ ।

चाडपर्वमा सेवाग्राहीले अफरलाई नै प्राथमिकता दिने हुँदा यो योजना बजारमा ल्याएको हो । यो अफरअन्तर्गत सेवाग्राहीले विभिन्न क्याटेगोरिजका सामान खरिद गर्दा ७६ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

मनोरञ्जनात्मक क्रियाकलाप पनि सञ्चालन गर्ने जनाएको छ । जहाँ भाग्यशाली सेवाग्राही तथा विजेताले विभिन्न आकर्षक उपहार जित्ने मौका प्राप्त गर्नेछन् । अफरको विस्तृत जानकारी बिजबजारले आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमा प्रकाशित गर्ने जनाएको छ ।

साना तथा मझौला उद्योग व्यवसायलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीको आवश्यकता पूर्ति गर्न यो क्याम्पेन प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ ।

एन्ड्रोइड फोन प्रयोगकर्ताले गुगल प्ले स्टोरमा गएर तुरुन्तै र सजिलै ‘बिजबजार अनलाइन सपिङ एप’ डाउनलोड गर्न सक्नेछन्


प्रतिक्रिया दिनुहोस्