दशैँपछि मिथिलामा दिवाली–छठ पर्वको रौनक सुरु

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ८ : ३६


महोत्तरी । मिथिलामा दिवाली–छठपर्वको चटारोमहोत्तरी । दशहारा (दसैँ) पर्व भर्खरै सम्पन्न गरेका महोत्तरीसहित मिथिला क्षेत्रका बासिन्दालाई अब दिवाली ९तिहार पर्वलाई मैथिल जनबोलीले ‘दिवाली’ र छठपर्वको चटारो छ।

सामान्यतया चाडपर्वमा खर्च बढ्ने भए पनि मिथिलामा दीपावली र छठ गरिब र श्रमजीवीका लागि आर्जनको अवसर पनि बन्ने गरेको छ। गरिब किसानका उत्पादनले महत्व पाउने र श्रमजीवीलाई पर्वविशेषसँग जोडिएका थप काम पाइने भएपछि यी पर्व आर्जनका खास अवसरसमेत बन्ने गरेका हुन्।

करेसाबारीमा लगाइएका फूल, अदुवा, ज्यामिर र केरालगायतका उत्पादनले यी चाडपर्वमा राम्रो मूल्य पाउँछन्। दिवाली पर्वमा व्यापारिक प्रतिष्ठानले लक्ष्मीपूजास्थल सजाउन केराका थामबाट द्वार बनाउने चलन छ। यस प्रयोजनका लागि घर–करेसामा रहेका केराका कोथा ९नयाँ हुर्केका बिरुवा० बेचेर नै गरिब किसानले राम्रो आर्जन गर्ने अवसर पाउँछन्।


प्रतिक्रिया दिनुहोस्