प्रधानमन्त्री देउवा पोखरामा

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ४ : ०४


प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा पुगेका छन।

पोखरा रङ्गशालामा जारी नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी बन्न उनी पोखरा आएका हुन।

यसअघि प्रधानमन्त्री देउवाले पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय अवलोकन गरेका छन।

पोखरामा जारी नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताको गत असोज २८ गते एक समारोहकाबीच उपराष्ट्रपति नन्दबहादुर पुनले समुद्घाटन गरेका थिए।रासस


प्रतिक्रिया दिनुहोस्