नासा सेक्युरिटिजले सुरु गर्यो मार्जिन ट्रेडिङ, ४ लाख बुझाएर १० लाखको कारोबार!

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ३ : २५


काठमाडौं । ब्रोकर नं ५८ अर्थात नासा सेक्युरिटिजले मार्जिन ट्रेडिङ सुरु गरेको छ।

नासाले बिहीबार एक विज्ञप्ति जारी गर्दै मार्जिन ल्यान्डिङमा ३० दिने र ५८ दिने गरि २ किसिमका स्किम ल्याएको छ।

नासाले सार्वजनिक गरेको पहिलो स्किममा १० लाखको योजना छ।

लगानीकर्ताले ४० प्रतिशत मार्जिन रकम अर्थात चार लाख रुपैयाँ बुझाएपपछि १० लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री गर्न पाउने छन्। उक्त रकम लगानीकर्ताले ३० दिनसम्म चलाउन पाउने छन। ३० दिनका लागि १० लाख रुपैयाँको कारोबार गर्नेले सेवा शुल्क बापत ९ हजार नौ सय ९९ रुपैयाँ तिर्नु पर्ने छ।

त्यसैगरी, दोस्रो स्किम ५८ दिनको छ। उक्त स्किममा लगानीकर्ताले १० लाख नै चलाउन पाउने छन्। तर उक्त रकम भने लगानीकर्ताले ५८ दिन चलाउन पाउने छन्। उक्त रकम चलाएबापत लगानीकर्ताले २१ हजार ५८ रुपैयाँ तिर्नु पर्ने छ।

नेपाल स्टक एक्सचेञ्जले २०७५ सालमा मार्जिन कारोबार सुविधा सम्बन्धि कार्यविधि, २०७५ जारी गरेपछि लगानिकर्तालाई औपचारिक रुपमा यस्तो सुविधा प्रदान गर्ने नासा सेक्यूरिटिज पहिलो ब्रोकर कम्पनी रहेको कम्पनीको दाबी गरेको छ।

लामो समयदेखि मार्जिन ट्रेडिङको कुरा आए पनि ब्रोकर कम्पनीहरूले भने उक्त सेवा सुरु गरेका थिएनन्।


प्रतिक्रिया दिनुहोस्