दशैं तिहारको बीचमा पढाउने स्कुललाई पालिकाले कारबाही गर्न नपाउने

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ३ : ०८


काठमाण्डौँ । कपिलवस्तुको शिक्षा विकास तथा समन्वय इकाइले विद्यालय खोलेकै आधारमा विद्यालयलाई कारबाही नगर्न बाणगंगा नगरपालिकालाई पत्र काटेको छ।

बाणगंगा नगरपालिकाले दशैं तिहारको बीचमा पठन पाठन गर्ने नगरभित्रका संस्थागत विद्यालयलाई कारबाही गर्ने र नगरपालिकाबाट दिइने कुनै सुविधा नदिने चेतावनी दिएको थियो।

त्यसपछि केही विद्यालयले विद्यालय संचालन गरेका थिए । विद्यालय खोल्ने कि बन्द गर्ने विषयमा केही संस्थागत विद्यालय र नगरपालिकाबीच अन्तरद्धन्द चलेपछि एक विद्यालयले समन्वय इकाइमा निवेदन दिएपछि इकाइले नगरपालिकालाई यस्तो आदेशात्मक पत्र काटेको हो ।

 

 


प्रतिक्रिया दिनुहोस्