भूकम्पका कारण अभिनेत्री बर्षा शिवाकोटीलाई हृदयघात

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  १२ : ४७


काठमाडौं । बुधबार सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर गएको भूकम्पले काठमाडौं उपत्यकामा निकै हल्लायो। उपत्यका लगायतका आसपासका जिल्लामा धक्का महसुस भएको थियो।

धेरैले सामाजिक सञ्जालमा भूकम्पको धक्का महसुस भएको भन्दै लेखेका थिए। यस्तै अभिनेत्री बर्षा शिवाकोटीले भने आफूलाई हृदयघात भएको भन्दै लेखिन्।

उनलाई ‘माइनर हर्ट अट्याक’ भएपछि ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो । त्यहाँ जाँचपछि अहिले निवासमै आराम गरिरहेकी छन्।

सामाजिक सञ्जालमा बर्षाले आफूलाई भूकम्पको कारण हृदयघात भएको बताएकी छन्।

 


प्रतिक्रिया दिनुहोस्