बझाङमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ६ : १५


कैलाली । बझाङमा जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको छ।

जिल्लाको मष्टा गाउँपालिका–४ को चिउरीमा बुधबार दिउँसो डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको हो।

घटनास्थलमा घाइतेहरूको उद्धारमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय बझाङमा डिएसपी जागेश्वर भण्डारीले बताए।


प्रतिक्रिया दिनुहोस्