माओवादी केन्द्रकी दोलखा जिल्ला इन्चार्जले दिइन् राजीनामा

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ४ : ५१


नेकपा माओवादी केन्द्रकी दोलखा जिल्ला इन्चार्ज देवी खड्काले राजीनामा दिएकी छन्। स्वास्थ्यको कारण देखाउँदै खड्काले पार्टी हेडक्वार्टरसमक्ष राजीनामा दिएकी हुन्।

माओवादी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खड्का दोलखाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको प्रमुख दाबेदार थिइन् । पार्टीले गंगा वहादुर कार्कीलाई उम्मेदवार बनाएपछि उनले अध्यक्ष प्रचण्डलाई भेटेर राजीनामा बुझाएकी हुन् ।

खड्का २०६४ सालको पहिलो संविधानसभामा माओवादीबाट निर्वाचित भएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्