प्रचण्डपत्नी सीता दाहाल आइसीयूमा

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ४ : ३८


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्।

ललितपुरस्थित मेडिसिटी अस्पतालको आइसीयूमा उनलाई भर्ना गरिएको छ।

अस्पताल स्रोतका अनुसार दाहाललाई आज अस्पतालमै राखिनेछ। सीता दाहाल ‘प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी’ (पिएसपी) रोगबाट पीडित छन्।

पिएसपी दुर्लभ खालको रोग हो। यो रोग एक लाख मानिसमध्ये ५/६ जनामा मात्र देखिन्छ।

पत्नी सिता अस्पताल भर्ना भएपछि प्रचण्ड आजको राजनीतिक कार्यक्रम स्थगित् गरेर बसेको जनाईएको छ।


प्रतिक्रिया दिनुहोस्