राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ राजदूत यान्छीको बिदाइ भेट

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ४ : १३


काठमाडौं। आफ्नो ४ बर्षे कार्यकाल पूरा गरि स्वदेश फर्किन लागेकी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिदाइ भेट गरेकी छन्।

बुधबार राष्ट्रपति भवन शितल निवास पुगेर राजदूत यान्छीले राष्ट्रपति भण्डारीसँग बिदाइ भेट गरेकी हुन्।

उनी सन् २०१८ को डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूतका रुपमा नेपाल आएकी थिइन्।

 

 


प्रतिक्रिया दिनुहोस्