म र गगन थापा, शेरबहादुर र केपी ओलीबीच लाइभ डिबेट गरौंः सागर ढकाल

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  २ : ४१


काठमाडौं । केहिदिन अघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका नेता शेरबहादुर देउवासँग डिबेट गर्न आफू तयार रहेको बताएका थिए।

विदेशमा चुनावअघि उम्मेद्वारहरुबीच बहस गराइने भएपनि नेपालमा त्यस्तै प्रचलन छैन। यसैबीच, डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको लागि स्वतन्त्र उम्मेद्वारी दिएका सागर ढकालले पनि यस्तै चुनौती दिएका छन्।

उनले आफूले काँग्रेस महामन्त्री गगन थापासँग बहस गर्न चाहेको समेत उल्लेख गरेका छन्।


प्रतिक्रिया दिनुहोस्