नेकपा महासचिवमा दोहोरिए विप्लव

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  १ : ४९


कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीको नवौं महाधिवेशनले सर्वसम्मत पुनः महासचिवमा नेत्रविक्रम चन्द विप्लवलाई निर्वाचित गरेको छ।

महाधिवेशनको बन्दसत्रबाट नयाँ केन्द्रीय समिति १२६ जना निर्वाचित गरेको छ।

जसअनुसार ८१ जना पूर्ण केन्द्रीय समिति र ४५ जना वैकल्पिक केन्द्रीय सदस्य गरी १२६ जनाको केन्द्रीय समिति निर्वाचित गरेको हो । महाधिवेशनले ८१ जना पूर्ण केन्द्रीय समितिमा ७८ जना हाललाई निर्वाचित गरेको छ भने ३ जना पछि थपिने छन्।

यस्तै ४५ जना वैकल्पिक केन्द्रीय सदस्यहरुमा ४२ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् भने ३ जना पछि थपिने छन्।

यस्तै महाधिवेशनले १३९ सदस्सीय केन्द्रीय प्रतिनिधि समिति पनि निर्वाचित गरेको छ।

प्रतिनिधि समितिमा १३२ जना निर्वाचित गरिएको छ भने ७ जना पछि थपिने छन्। नेकपाले केन्द्रीय समिति भन्दा एक तल्लो समिति रहने गरी नयाँ संरचना पनि निमार्ण गरेको छ।

पूर्ण केन्द्रीय समिति, वैकल्पिक केन्द्रीय समिति र प्रतिनिधि समिति सहित २६५ जनाको समिति निर्वाचित गरिएको छ।

महाधिवेशनको औपचारिक रूपमा बन्दसत्रको समापन बुधवार बिहान ८ बजेबाट हुने नेकपाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्