राजनीतिक दलहरुलाई निर्वाचन आयोगको ७ बुँदे निर्देशन

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  १ : ४५


निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न सात बुंँदे निर्देशन दिएको छ।

लाभको पदमा रहेका केही राजनीतिक व्यक्तिहरुले सरकारी साधन स्रोतको प्रयोग गरी चुनाव प्रचारप्रसार गरेको पाइएको भन्दै आयोगले आज कडा निर्देशन दिएको हो।

आचारसंहिताले तोकेको २५ जनाभन्दा बढी सुरक्षाकर्मीसहित उम्मेदवारहरुले घरदैलो कार्यक्रम गरेकोप्रति पनि आयोगले आपत्ति जनाएको छ।

त्यस्तै, दलहरुले जुलुस र आमसभाका लागि पूर्वअनुमति नलिई प्रचारप्रसारको लागि सवारी साधन प्रयोग गरेकोमा आयोगको असन्तुष्टी छ।

यससम्बन्धी लिखित उजुरी, मौखिक गुनासा र विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि आयोगले ७ बुँदे निर्देशन दिएको हो


प्रतिक्रिया दिनुहोस्