कोका–कोलाले वैदेशिक रोजगारीमा गएकाहरुलाई दसैंँ मनाउन नेपाल ल्यायो

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ८ : ३२


काठमाडाैं । वैदेशिक रोजगारीमा गएकाहरु नेपालीहरुलाई दसैंँ मनाउन कोका–कोलाले नेपाल ल्याएकाे छ । वैदेशिक रोजगारीमा गएका नेपाली हिन्दुहरुको महान चाड विजयादशमी तथा दिपावलीको अवसर पारेर कोका–कोला नेपालले चाडबाड मनाउन घर फर्कने व्यवस्था गरेको हाे ।

लगभग साँढे ३० लाख नेपालीहरु वैदेशिक रोजगारीको सिलसिलामा नेपाल बाहिर छन् । ती मध्य एकदमै थोरै मात्र हरेक वर्षको दसैंँमा घर आउन सक्छन् । एक त कमजोर आर्थिक अवस्था, त्यसमाथि फेरी कोरोना कहरले यस्ता धेरै नेपालीहरु घर फर्कन पाएनन् ।

सम्बन्धउत्सव स्वादसँग क्याम्पेन अन्तर्गत कोका–कोलाको वैदेशिक रोजगारीको सिलसिलामा कुवेत गएका र धेरै लामो समयसम्म आफ्नो परिवारसँग टाढा रहेका १४ जना नेपाली दाजु–भाई, दिदी–बहिनीहरुलाई नेपाल ल्याएको थियो ।

वर्षौँदेखि चाहेर बल्ल–बल्ल पुरा भएको उनीहरुको कुवेतदेखि नेपालसम्मको यात्रा, नेपाल फर्किन पाउँदाको उनीहरुको हर्ष, लामो समयपछि आफ्नो परिवारसँग मिलन हुँदाको म्याजिकल पलहरुलाई कैद गरेर कोका–कोलाले एउटा भिडियो पनि बनाएको छ, जसलाई कोका–कोलाको युट्युब च्यानल र सामाजिक सञ्जालहरुमा हेर्न सकिन्छ ।

यसरी घर फर्कन पाउनेहरु मध्य एक हुन् कान्छी माया तामाङ्ग, “११ वर्षदेखि म वैदेशिक रोजगारमा छु । हरेक वर्ष विशेष गरी दसैंँ र तिहारमा आफ्नो परिवारसँग हुन नपाउँदा साहै्र पीडा हुन्थ्यो । तर यो वर्ष भने बल्ल म नेपाल आउन पाएको छु र परिवारसँग दसैंँ–तिहार मनाउन पाएको छु, मेरो खुशीको सीमा नै छैन । ६ वर्ष पछि मलाई घर ल्याइदिएकोमा कोका–कोलालाई धेरै–धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु ।” उनले भनिन् ।

क्याम्पेनको बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर श्री आदर्श अवस्थीले भने, “कोका–कोला सम्बन्धहरुमा विश्वास गर्छ र खास गरी यस्ता चाडबाडको समयमा सम्बन्धहरुलाई अझै नजिक बनाएर म्याजिक छर्न चाहन्छ । त्यसैले हाम्रो यस वर्षको दसैंँ थिम पनि सम्बन्धउत्सव स्वादसँग राखेका छौँ ।

उनकाअनुसार विदेशिएका र लामो समयदेखि आफ्नो परिवारबाट टाढा रहनुभएका नेपालीहरुलाई घर आउने व्यवस्था गरेका हाे । किनभने दसैंँको मुख्य आकर्षण भनेको नै आफ्नो नजिकको मान्छेहरुसँग समय बिताउने अवसर भएकाले विदेशिएका नेपालीहरुलाई आफ्नो परिवारसँग मिलन गराउन पाएकोमा खुशी लागेको उनले बताएका छन् ।

सम्बन्धउत्सव स्वादसँग क्याप्म्पेनको मुख्य उद्धेश्य भनेको उपभोक्ताहरुलाई चाडपर्वको समयमा मीठा–मीठा परिकारहरुसँगै आफ्नो आफन्तजनहरुसँग समय बिताउन र सम्बन्ध मजबुत बनाउनको लागि अभिप्रेरित गर्नु रहेकाे उनले बताए ।


प्रतिक्रिया दिनुहोस्