सर्वसाधारणका सुझाव लिन अध्यक्ष ओलीले प्रत्यक्ष टेलिफोन संवाद गर्ने

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ७ : ५२


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सर्वसाधारणसँग प्रत्यक्ष सुझाव लिने भएका छन्।

अध्यक्ष ओलीले चुनाव लक्षित टेलिफोन कार्यक्रम सुरु गर्न लागेका हुन।

अध्यक्ष ओलीले आफूसँग कुराकानी गर्न चाहनेलाई फेसबुक म्यासेजमा आफ्नो नम्बर छोड्न भनेका छन्।

ओलीले मंगलबार फेसबुकमा स्टाटस लेख्दै आफ्नो फोन नम्बर म्यासेज गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

‘कात्तिक ४ गते, म तपाईंको सम्पर्कमा हुनेछु। आउनुस् कुरा गरौँ,’ उनले फेसबुकमा लेखेका छन्।


प्रतिक्रिया दिनुहोस्