केदारनाथ धाममा हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  १ : १०


काठमाडौं । उत्तराखण्डको केदारनाथ धाममा हेलिकप्टर दुर्घटना भएको छ । केदारनाथबाट २ किलोमिटर टाढा गरुडछट्टीमा हेलिकप्टर दुर्घटना भएको हो । समाचार एजेन्सी एएनआईका अनुसार हेलिकप्टरमा सवार सबै ६ जनाको मृत्यु भएको छ ।

खराब मौसमका कारण यो दुर्घटना भएको बताइएको छ । उद्धार टोली घटनास्थलमा पुग्ने प्रयास गरिरहेको छ । प्रत्यक्षदर्शीहरूले ठूलो विस्फोटको आवाज आएपछि स्थानीयले अधिकारीहरूलाई खबर गरेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्