प्रहरी निरीक्षक शाही सर्वोत्कृष्ट अनुसन्धान अधिकृत

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  १० : १४


कर्णाली । इलाका प्रहरी कार्यालय थारमारे सल्यानका कार्यालय प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाही कर्णाली प्रदेशको सर्वोत्कृष्ट अनुसन्धान अधिकृतका रूपमा पुरस्कृत भएका छन।

६७औँ प्रहरी दिवसका अवसरमा आज सुर्खेतमा आयोजित कार्यक्रममा प्रहरी निरीक्षक शाहीलाई कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सर्वोत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार प्रदान गरे। अपराध अनुसन्धानको क्षेत्रमा गरेको महत्वपूर्ण भूमिकाको सम्मान गर्दै मुख्यमन्त्री शाहीद्वारा प्रहरी निरीक्षक शाही पुरस्कृत भएका हुन।

यसअघि उनले जिल्ला प्रहरी कार्यालय सुर्खेतको अपराध अनुसन्धान शाखा प्रमुख भएर काम गरेका थिए।

दैलेखको पश्चिम दुर्गममा पर्ने ठाटीकाँध गाउँपालिकामा जन्मिएका उनले सुर्खेतमा एक वर्ष कार्यरत हुँदा पनि अपराध न्यूनीकरणमा राम्रो भूमिका निर्वाह गरेका थिए।

प्रहरी दिवसका अवसरमा शाहीसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा रहेर काम गर्दै आएका नौ जना प्रहरी कर्मचारी विभिन्न विधामा पुरस्कृत भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। रासस


प्रतिक्रिया दिनुहोस्