हेलिकप्टरबाट प्रचण्ड, माधव नेपाल र देउवा ४ गते पाखेरा जाने, बुटवलमा पनि भाषण गर्ने

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ७ : २८


सत्ता गठबन्धनका शीर्ष नेताहरुले सातै प्रदेशमा हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्।

आफ्ना उम्मेदवारहरुलाई जिताउन प्रदेशस्तरीय भेला गर्न लागेको गठबन्धनले शीर्ष नेताहरुलाई सम्बोधन गराउन लागेको हो।

जसअनुसार प्रधानमन्त्रीसमेत रहनुभएका काँग्रेस सभापति शेरबहादुर देउवा,पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले गठबन्धनका कार्यकर्ता, समर्थक,शुभेच्छुक र आम मतदातालाई एउटै थलोबाट सम्बोधन गर्ने छन्।

गठबन्धनले कार्तिक ४ गते गण्डकी प्रदेशमा पहिलो संयुक्त सभा गर्नेछ। पोखरामा हुने भेलाको तयारीको समन्वय समाजवादीले गर्ने तय भएको छ।

सोही दिन दिउँसो २ बजे लुम्बिनी प्रदेशको बुटवलमा हुने सभाको समन्वय गर्ने जिम्मा नेपाली कांग्रेसले पाएको छ


प्रतिक्रिया दिनुहोस्