भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहान ११:३७मा

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ७ : ०४


यो वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहान ११ बजेर ३७ मिनेटमा रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले जनाएको छ।

सोमबार समितिले विज्ञप्ति जारी गर्दै यो समय नेपालका लागि उपयुक्त समय भएको जनाइएको छ। यद्यपि, दिनभर अनुकूल समयमा टीका लगाउन बाधा नपर्ने समितिले जनाएको छ।

भारत, अमेरिका, बेलायतलगायतका देशमा भने फरक–फरक समयमा उत्तम साइत रहेको समितिले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्