भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ, नेपालमा के होला?

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ९ : ४६


काठमाडौं । भारतबाट फेरि पेट्रोलियम पदार्थको भाउ बढेर आएको छ। आइतबार आइओसीबाट मूल्य बढेर आएको निगमले विज्ञप्तिमार्फत् जानकारी दिएको हो। निगमका अनुसार खासगरी डिजेल र हवाइ इन्धनको मूल्य अत्यधिक बढेर आएको छ।

नयाँ मूल्यसूची अुनसार पेट्रोलमा १.७४ रूपैयाँ प्रतिलिटर, डिजेलमा १५.६० प्रति लिटर र हवाइ इन्धनमा १०.२५ रूपैयाँ प्रतिलिटर बढेर आएको छ।

यसअघि घटेर आउँदा समेत नेपालमा नघटाएको नेपाल आयल निगमले यसपटक के गर्ला भन्नेबारे चासोका साथ हेरिएको छ।


प्रतिक्रिया दिनुहोस्