सत्यमोहन जोशीको शव अस्पताललाई दान, घाटमा जन्मकुण्डली जलाएर अन्त्येष्टि

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ७ : २७


काठमाडौं । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको इच्छा अनुसार पार्थिव शरीर किस्ट मेडकल कलेजलाई बुझाइएको छ।

अध्ययनका लागि आफ्नो पार्थिव शरीर दान गर्ने घोषणा गरेका जोशीको शव ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलगायतको उपस्थितिमा अस्पताललाई बुझाइएको हो।

नेपाली इतिहासका धरोहरका रुपमा रहेका जोशीको आज विहान निधन भएको थियो।

यसैबीच, पार्थिव शव अस्पताललाई दान दिएपछि जोशीको जन्मकुण्डली शंखमुलस्थित बागमती घाटमा जलाएर सांकेतिक अन्त्येष्टि गरिएको छ।

आइतबार साँझ जोशीका जेठा छोरा अनुराज र कान्छा छोरा डा.पूर्णराज जोशीले जलाएका हुन। खरानीलाई बागमती नदीमा सेलाइएको थियो


प्रतिक्रिया दिनुहोस्