आजबाट आठौं संस्करणको टि-२० विश्वकप सुरु हुँदै

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ८ : ३७


काठमाण्डौँ । टि२० विश्वकप २०२२ आजबाट सुरु हुँदैछ । आठौं संस्करणको विश्वकपको उद्घाटन खेल श्रीलङ्का र नामिबियाबीच हुनेछ । पहिलो चरणको समूह ए को खेलमा श्रीलंका र नामिबियाबीच खेलको खेल बिहान विहान ९ः ४५ मा सुरु हुनेछ ।

विश्वकपमा १६ टोलीले सहभागि छन् । प्रतियोगिता अष्ट्रेलियाका विभिन्नि ७ स्थानमा हुनेछ । पहिलो चरणका दुई समूह बाट शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् । पहिलो चरणमा समूह ए मा नामिबिया, श्रीलंका, नेदरल्यान्ड्स र युएई छन् । समूह बी मा आयरल्यान्ड, जिम्बावे, वेस्टइन्डिज र स्कटल्यान्ड छन् ।

पहिलो चरणको खेलपछि मात्रै सुपर १२ को खेलहरु हुनेछन् । सुपर १२ को समूह १ – इंग्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तानसँगै पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता हुनेछन् ।

त्यस्तै सुपर १२ को समूह २ – भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता रहनेछन् । सुपर १२ का शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।


प्रतिक्रिया दिनुहोस्